PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

बुल्गेरियाले अफगानिस्तानमा थप ५० सैनिक पठाउने



रासस

बुल्गेरियाले अफगानिस्तानमा थप ५० सैनिक पठाउने
फोटो श्रोतः novinite.com

सोफिया : बुल्गेरियाको मन्त्रिपरिषद्ले अफगानिस्तानमा थप ५० सैनिक पठाउने निर्णय गरेको छ। 

यी सैनिकहरू नेटोआवद्ध ‘रेसोलुट सपोर्ट मिसन (आरएसएम)’ मा सहभागिताका लागि पठाइने सरकारको सूचना सेवाले जानकारी दिएको छ। 

बुल्गेरियाली सरकारद्वारा जारी विज्ञप्तिमा अफगानिस्तानमा रहेको नेटो सैनिकआवद्ध सेनामा आफ्नो भूमिका बढाउनका लागि ती सैनिकहरू पठाइने बताइएको छ। 

यद्यपि हाल पठाइने सैन्य बलसहित अफगास्नितानमा नेटोआवद्ध बुल्गेरियाली सैनिकको सङ्ख्या १६० पुग्नेछ। 

अफगानिस्तानमा सन् २००४ देखि नेटोको मिसनसँग आवद्ध बुल्गेरियाली सैनिकको सहभागिता रहँदै आएको छ। रासस/सिन्हवा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell