PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

आतङ्कवादको समूह बनाएको आरोपमा बहराईनमा ६० जना पक्राउ



रासस

आतङ्कवादको समूह बनाएको आरोपमा बहराईनमा ६० जना पक्राउ
फोटो श्रोतः arabnews.com

दुबई : आतङ्कवादी समूह बनाउँदै गरेको भन्दै बहराईनमा ६० जनालाई पक्राउ गरिएको छ। सुनी मुसलमान समूदायको बलियो प्रभाव रहेको यस इलाकामा पक्राउ परेका सबै सिया समूहका रहेका बताइएको छ। 

उनीहरूले आगामी अगस्ट २२ मा आतङ्कवादी समूह खोल्ने तयारी गरेको प्रहरीको दाबी छ। 

एक जना सार्वजनिक वकिल अहमाद अल हमादीले उनीहरूले एक समूहलाई हातहतियारको प्रयोग गरी आतङ्कवादी आक्रमण गर्ने बारेमा प्रशिक्षण दिइरहेका बताए।

सिया नेतृत्वका प्रदर्शनहरूमा संलग्न भएको आरोपमा सन् २०११ देखि यता सयौँलाई कारागारमा राखिएको अधिकारीहरूले बताएका छन्। 

अल खालिफा परिवारले झण्डै दुई सय वर्षदेखि शासन गर्दै आइरहेकोमा निर्वाचित सरकार बनाउन माग गर्दै उनीहरूले आन्दोलन गरिरहेका छन्। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell