PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

नेपाल आइडल सक्किनु अघि सुरज थापाको गीती भिडियो सार्वजनिक



पहिलोपोस्ट

नेपाल आइडल सक्किनु अघि सुरज थापाको गीती भिडियो सार्वजनिक

काठमाडौं: नेपाल आइडलका सहभागी सुरज थापाको गीतको भिडियो सार्वजनिक भएको छ। उनको पहिलो एल्बम कन्द्रनमा समावेश गीत 'ओ प्रिया'को भिडियो युट्युबमार्फत् सार्वजनिक भएको हो।

यसअघि उनको एक गीतको भिडियो सार्वजनिक थियो। क्रन्दनमा समावेश 'बहुला हुँ म बहुला' बोलको गीतको भिडियोले उनलाई स्रोतामाझ चिनाएको थियो। ओ प्रियालाई उनको व्यक्तिगत प्रचारको माध्यमका रुपमा नेपाल आइडलको चर्चा बीच सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोको गीतमा शब्द, संगीत तथा स्वर थापाकै रहेको छ।

भिडियोलाई हरी हुमागाईले निर्देशन गरेका हुन्। उत्तम हुमागाईले खिचेको भिडियोमा निराजन प्रधान र सुमी मोक्तानको फिचरिङ रहेको छ। सुत्र इन्टरटेनमेन्टले निर्मित भिडियोको सम्पादन निशान घिमिरेले गरेका छन्।

हेर्नुस् भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell