PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

फोटोमा हेर्नुस् यस्तो छ गुल्मीका सडकको अवस्था

फोटोमा हेर्नुस् यस्तो छ गुल्मीका सडकको अवस्था

पहिलोपोस्ट /पहिलोपोस्ट


  • चन्द्रकान्त खनाल
गुल्मीः आर्थिक वर्षको अन्त्यमा बजेट सक्नका लागि गुल्मीमा निर्माण गरिएका सडक पानी परेपछि सवारीसाधन गुड्न नसक्ने अवस्थामा पुगेका छन्।

सदरमुकाम तम्घासदेखि उत्तरतर्फको रातडाँडा भञ्ज्याङ्ग, पेंगा, धरमपानी, मैदानसम्मको सडक करोडौं रुपैयाँ खर्चेर ढल, नाली, पर्खाल निर्माण र सडक चौडा पारेर  खेल मैदान जस्तै बनाईएको थियो।

झन् यसपटक त चुनावका बेला उम्मेदवारले आफ्नै पहलमा विकास भएको हो भनेर देखाउन पनि होडबाजी नै चलेको थियो । तर वर्षा सुरु भएसँगै सडक निर्माणका क्रममा बनाइएका नाली, पर्खाल केही देखिंदैन । यस्तो छ सडकको अवस्था।

 


ट्रेन्डिङ पोस्ट

Ncell