काठमाडौं: संगीतकार तथा गीतकार विदेह मणि उपाध्यायद्को गीती एल्बम 'प्रस्ताविक' सार्वजनिक भएको छ। बेलायतम रहँदै आएका उपाध्यायद्वारा रचना तथा संगीतबद्ध गरिएका आधुनिक गीतहरुको एल्बम बुधबार बिमोचन गरिएको हो।
केही समय यता एल्बम बिमोचनको ट्रेन्ड हराउँदै गएको पाइन्छ। अधिकांशले आफ्नो गीत वा भिडियो एल्बमको सट्टा युट्युबमार्फत सार्वजनिक गर्छन्। तर गीतकार विदेहले युट्युबलाई माध्यम बनाएनन्। उनले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी गीत सार्वजनिक गर्ने मौलिक तरिका अपनाए। यो उनको पहिलो गीती एल्बम हो। साइ भजन समारोहमा पूर्व प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) विश्वमणि प्रसाद उपाध्यायले उक्त एल्बम लोकार्पण गरे।
एल्बममा छ वटा गीतहरु समावेश छन्। अनुप रेग्मीको स्वरमा ‘आउ मनको मित’, गायक अनुप रेग्मी तथा गायिका मनीषा पोखरेलको स्वरमा ‘सुन सुन डल्ली रेशम’, विदेह मणि उपाध्यायकै स्वरमा ‘शुभकामना छ जन्मदिनक’, राज सिग्देलको स्वरमा गजल ‘लहरायो सोचको फाँट', शेखर ढकालको स्वरमा ‘पुरा गर सपना’ र गायक अनुप रेग्मी तथा गायिका जुनु गौतको स्वरमा ‘म यार यार भन्छु’ गीतहरु रहेका छन्।
एल्बमका गीतहरुमा गायक अनुप रेग्मी तथा विदेह मणि उपाध्यायले संयुक्त रुपमा संगीत दिएका छन्।