PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

ग्याङस्टर ब्लूजको नयाँ गीत, आइटम नम्बरमा श्रृष्टि कार्कीको फिचरिङ



पहिलोपोस्ट

ग्याङस्टर ब्लूजको नयाँ गीत, आइटम नम्बरमा श्रृष्टि कार्कीको फिचरिङ

काठमाडौं: फिल्म ‘ग्याङस्टर ब्लूज’को दोस्रो गीत सार्वजनिक भएको छ। फिल्म रिलिज मिति नजिकिदै गर्दा फिल्मले गीतलाई प्रचारको माध्यम बनाएको छ। यसअघि रोमान्टिक जानराको गीत सार्वजनिक थियो। बुधबार फिल्मको आइटम गीत सार्वजनिक भएको हो। ‘अबला’ बोलको गीत बुधबार युट्युब मार्फत सार्वजनिक भएको हो।

मानस, कालीप्रसाद र एकतारेको शब्दलाई बानिका प्रधान र कालिप्रसाद बास्कोटा स्वयंले स्वर दिएका छन्। गीतमा कालिप्रसादकै संगीत रहेको छ। गीतको भिडियोमा आइटम गर्लको रुपमा फिचरिङ गरेकी छिन् श्रृष्टि कार्कीले।

हेमराज बिसीले निर्देशित फिल्ममा आना शर्मा, आशिरमान देशराज जोशीको लिड अभिनय रहेको छ। त्यस्तै अन्य मुख्य पात्रको रुपमा संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतले भूमिका निभाएका छन्।

हेर्नुस् आइटम गीतको भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell