काठमाडौं: गत असारमा फिल्म 'ए मेरो हजुर' सिक्वेल घोषणा भयो। फिल्मको नयाँ संस्करण 'ए मेरो हजुर २'लाई निर्देशन गर्ने भइन् अभिनेत्री झरना थापाले। तर फिल्म एक वर्षमा पनि प्रदर्शनमा आएन। प्रोडक्शन र पोस्ट प्रोडक्शनको काम सुस्त भएर हो त प्रदर्शन पनि ढिला भएको?
खासमा फिल्मको प्रि प्रोडक्शनमै निर्माण युनिटले धेरै समय लगायो। फिल्म घोषणा हुनुभन्दा अघिदेखि लेखन सुरु भएको हो। जसका लागि आठ महिना लाग्यो। निर्देशक रहेकी झरना भन्छिन्,'साइत हेरेर मात्र हरेक प्लटमा काम गर्यौँ। त्यसैले गर्दा धेरै समय लाग्यो।'
फिल्मको पटकथा लेखनमा कथा दिएका सामिप्यराज तिम्सिनासँग सहकार्य गरेका हुन्- युवा ज्योतिष हरिहर अधिकारीले। उनले आफूले फिल्मको पटकथा एवं संवाद लेखनमा उचित समय, दिन र दिशा हेरेर मात्र काम गरेको बताए। भने,'विश्वासको कुरा हो।
ज्योतिष विज्ञानसँगै सम्पूर्ण कलाकार र क्रुले राम्रो काम गरेका छौं।' हरिहरले रमाइलो मान्दै सुनाए,'झरना जिले नै सम्झाइ रहनुहुन्थ्यो। समय राम्रो छ भमे मात्र काम गरौं है। नत्र पछि गर्दा हुन्छ।'
ए मेरो हजुर २ मार्फत युवा ज्योतिष हरिहर अधिकारीले नेपाली फिल्मका लागि स्क्रिप्ट लेखनमा डेब्यु गरेका छन्।