PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कास्कीको मादीमा बस दुर्घटना, ३० जना घाइते



रासस

कास्कीको मादीमा बस दुर्घटना, ३० जना घाइते

लमजुङ : पोखराबाट लमजुङको कोलासोथार गाउँपालिकाको बालुवावेसीतर्फ आइरहेको बस आज दुर्घटना हुँदा तीस जना घाइते भएका छन्। 

ना५ख ६३९५ नमबरको बस कास्कीको मादी गाउँपालिका– ८ मा दुर्घटना हुँदा एकजना रुदी खोलामा बगेर बेपत्ता भएका छन् भने दुईजना बसभित्रै च्यापिएर रहेका स्थानीयवासी प्रवेश घिमिरेले जानकारी दिए। 

कास्की–लमजुङ सिमानामा रहेको रुदी खोलामा बस खसेपछि अहिले प्रहरी चौकी भोर्लेटारबाट प्रहरी टोली उद्धारका लागि घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell