PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

दक्षिण कोरियाले भन्यो–उत्तरले अर्को क्षेप्यास्त्र परीक्षण गर्ने सङ्केत छैन



रासस

दक्षिण कोरियाले भन्यो–उत्तरले अर्को क्षेप्यास्त्र परीक्षण गर्ने सङ्केत छैन
फोटो श्रोतः citynews.ca

सोलः उत्तर कोरियाले तत्कालै अर्को ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने तयारी गरिरहेको भनिए पनि त्यसको कुनै सङ्केत नभेटिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ। 

विश्व समुदायको आग्रहको बेवास्ता गर्दै उत्तर कोरियाले यसै महिनाको सुरुवातमा एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण थियो। त्यसपछि पनि उसले लगत्तै अर्को  क्षेप्यास्त्र परीक्षण गर्नसक्ने भनी समाचारहरु आएका थिए। 

दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा बिहीबार सोलमा आयोजित पत्रकार सम्मेलनका क्रममा दक्षिण कोरियाली सैन्य प्रमुखले तत्काल परीक्षणको संकेत नपाइएको बताए।

सैनिक प्रमुखले भने,‘तर तत्कालका लागि उत्तर कोरियाले उत्तर र दक्षिण कोरियाली सैनिक सम्झौताको अवसर पारेर यस्तो परीक्षण गर्नसक्ने भनी आएको समाचार सही हुने अवस्था देखिँदैन।’ 

यसअघि उत्तरले जुलाई ४ मा गरेको परीक्षणलाई शक्तिशाली रहेको भनिएको छ। विज्ञहरुले उक्त परीक्षण यसअघिको भन्दा शक्तिशाली रहेको र यसले अलास्कासम्म मार हान्न सक्ने खालको रहेकोसमेत बताएका छन्। 

यसअघि जुलाई ४ मा गरिएको क्षेप्यास्त्र परीक्षण दक्षिण कोरियाले गरेको पाचौँ परीक्षण हो। यस लगत्तै उसले अर्को छैठौँ र यस्तै शक्तिशाली परीक्षणको तयारी गरिरहेको अनुमानका बारेमा बिहीबार दक्षिण कोरियाले स्पष्ट गरेको हो। 

उत्तर कोरियाले गएको कम्तीमा पनि दुई वर्षयतादेखि निरन्तररुपमा आणविक परीक्षण जारी राखेको छ। साथै उसले हरेक परीक्षणसँगै दक्षिण कोरिया र अमेरिकाको विरोध पनि गर्ने गरेको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell