PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

मुसलमान समुदायलाई इजरायलविरुद्धको सङ्घर्षमा उत्रिन इरानी सर्वोच्च नेता खामेनीको आग्रह



रासस

मुसलमान समुदायलाई इजरायलविरुद्धको सङ्घर्षमा उत्रिन इरानी सर्वोच्च नेता खामेनीको आग्रह
फोटो श्रोतः nydailynews.com

तेहरानः इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सम्पूर्ण मुसलमान समुदायलाई इजरायलविरुद्धको सङ्घर्षमा लाग्न आग्रह गरेका छन्। 

प्यालेस्टाइन मुद्धा इश्लामिक समुदायको प्रमुख विषय भएको भन्दै उनले जहाँबाट जसरी हुन्छ त्यसैगरी इजरायलविरुद्धको सङ्घर्षमा लाग्न आग्रह गरेका बताइएको छ।  

इरानी जनताको जमघटलाई राजधानी तेहरानमा सम्बोधनगर्दै खामेनीले भने,‘इश्लामिक धर्मशास्त्रले जहिले मुसलमानहरूको जमिन शत्रुले कब्जा गर्छ त्यहाँ सङ्घर्ष गर भनेको छ।’

आजका दिनमा यहुदी शासन विरुद्धको लडाई मुसलमानको अधिकारका लागि कर्तव्य वा आवश्यक भएको छ भन्दै खामेनीले इश्लामिक राष्ट्रबीचको एकता अपरिहार्य भएकोमा जोड दिए।

खामेनीले हरेक शुक्रबार राजधानी तेहरानमा प्यालेस्टिनी जनताको समर्थनमा हुने गरेका जुलुसहरुमा सहभागी भएर पनि यो दबाब सिर्जना गर्न उक्त समारोहमा आग्रह गरे। 

हरेक शुक्रबार हुने जुलुसमा सहभागीले अमेरिका विरोधी नारा लगाउँदै इजरायलद्वारा निरन्तर प्यालेस्टिनी भू–भागमा कब्जा गरी बस्ती बसालेकोमा निन्दा गर्दै आएका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell