PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

बारामा ३ अर्ब २६ करोड रुपैयाँ बराबरको दूध उत्पादन



रासस

बारामा ३ अर्ब २६ करोड रुपैयाँ बराबरको दूध उत्पादन

कलैया : बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। आर्थिक वर्ष २०७३/७४ मा तीन अर्ब २६ करोड ६९ लाख बराबरको ६५ हजार ३३८ मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा देवनन्दन साहले जानकरी दिए। 

जिल्लामा स्थानीय जातको ३१ हजार ३१० वटा गाई, उन्नत जातको एक लाख चार हजार ९९९ गाई, स्थानीय जातको ४५ हजार ७७१ भैँसी, उन्नत जातको एक लाख आठ हजार ३२२ भैँसी रहेका तथ्याँक छ। 

दुई लाख ९० हजार ३०२ गाई–भैँसीबाट ६५ हजार ३३८ मेट्रिक टन दूध उत्पादन भएको साहले बताए। जिल्लामा २०२ गाई फार्म र २७ भैँसी फार्म रहेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell