बलिउड बक्सअफिसमा राम्रो व्यापार गर्न नसके पनि फ्यान फलोइङ राम्रो बनाउने फिल्म हो 'अन्दाज अप्ना अप्ना'। फिल्ममा दुई बलिउड स्टार सलमान खान र आमिर खानको कमेडी अवतारलाई धेरैले रुचाए। त्यसैले फिल्म पर्दाबाट चाडै उत्रे पनि पछिसम्म चर्चा कमायो।
यति बेला अन्दाज अप्ना अप्नाको सिक्वेल बारे नयाँ नयाँ जानकारीले बलिउडमा राम्रो ठाउँ पाएको छ। डिएनएले फिल्मको सिक्वेल बन्ने बारे पुष्टि गरेको छ। जसमा फिल्मका निर्देशक राजकुमार सन्तोषीले फिल्मको पुरानो संस्करणको दुबै स्टार नरहने जनाएका छन्। सन् १९९४ मा सार्वजनिक भएको फिल्ममा आमिर खान, सलमान खान, रविना टण्डन, करिश्मा कपूर, परेश रावल, शक्ति कपूर लगायतको अभिनय रहेको थियो। जसमध्य सलमान र आमिरले फिल्म प्रदर्शन पछि राम्रो दर्शक प्रतिक्रिया पाए। जसका कारण उनीहरुलाई प्रेम र अमरको रुपमा चिन्नेहरु धेरै भए।
फिल्ममा उनीहरुको जोडी रुचाएका दर्शक सिक्वेलमा दुबै अनुहार नदेखिने खबरले केही निराश बन्न सक्छन्। सन् २०१४ बाट नै सिक्वेलको हल्ला चलेको हो। फिल्ममा दुबै पुराना स्टार काम गर्न तयार रहेको समेत बताइएको थियो। तर अहिले राजकुमारले नयाँ निर्णय सार्वजनिक गरे। भने,'म फिल्मको नाम र स्टार कलाकारको अनुहार देखाएर दर्शक झुक्याउन चाहन्न। मैले त राम्रो कन्टेन्ट दिन सक्नुपर्छ।'
अन्दाज अप्ना अप्ना कमेडी जानराको फिल्म हो। राजकुमार यी दुई अभिनेता नराख्नुको कारण बारे भन्छन्,'१९९४ मा आमिर र सलमानको मुहारमा हास्य कलाकारमा हुन पर्ने इनोसेन्स थियो। अब त्यस्तो देखिंदैन। उनीहरुलाई फिल्ममा जबरजस्ति राख्न म चाहन्न।' उनले रणबिर सिंह, रणबिर कपूर, बरुण धवन लगायतका केही कलाकारको नाम लिंदै यीनै मध्यकाहरु फिल्म सिक्वेलमा रहने बताए।