
भक्तपुरः नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले संसदमा दुई तिहाई बहुमत पुगेपछि मात्र संसदमा संविधान संशोधन प्रस्ताव लैजाने बताएकी छिन्।
रफत सञ्चार क्लवले आयोजना गरेको साक्षात्कारमा प्रवक्ता भुसालले सरकार संशोधन प्रस्तावका लागि दुई तिहाईको कसरतमा लागेको बताइन्। उनले राप्रपा सरकारमा सहभागी नभए पनि संशोधन प्रस्तावका पक्षमा मत दिनेमा सरकार विश्वस्त रहेको बताइन्।
प्रवक्ता भुसालले निर्वाचन क्षेत्र निर्धारण आयोगले तोकिएको समयमा प्रतिबेदन आउने र संसदबाट निर्वाचन सम्बन्धी विधेयक छिट्टै पारित हुने बताइन्।
उनले तेस्रो चरणको स्थानीय तहको निर्वाचन, प्रदेश र केन्द्रको निर्वाचन पछि मात्र आफ्नो पार्टीको महाधिवेशन हुने जानकारी दिइन्।