PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

तीजको 'पप गीत'



पहिलोपोस्ट

तीजको 'पप गीत'

काठमाडौं: मौलिक भाका, दोहोरी लगायत फरक शैलीमा तीजको गीत सार्वजनिक भइरहँदा गायिका सरस्वती लामाको पप तीज गीत सार्वजनिक भएको छ। पप गायिका सरस्वती लामाले पहिलो पटक गाएको रक शैलीको तीज गीत ‘यसपालीको तीज पनि रक मै जम्ने भो’ को म्युजिक भिडियो सहित सार्वजनिक भएको हो।

आधुनिक वाद्ययन्त्रहरुको प्रयोगमा उनले तीजको गीतमा फरक प्रयास गर्न खोजेको बताइन्। 'महिलाको पिडा र बेदना मात्र तीज गीतको विषय हुँदैन भन्ने मेरो गीतको आशय हो', उनले बताइन्। भनिन्,'छोटा पहिरन तथा डिस्कोको कुरा गीतको शब्दमा छ। तर समाजमा छ र त गीतमा छ। यी कुराहरु गलत होइनन्।'

टंक बुढाथोकीद्वारा संगीतबद्ध उक्त गीतको म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन्। युवराज खत्री यो गीतका छायांकार तथा सम्पादक हुन्। भिडियोमा गायिका सरस्वती लामा, रिना, विपना, निसा, मल्लिका, सुनिता, बाबुराम तथा कमलको फिचरिङ रहेको छ।

हेर्नुस् भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell