PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गर्ने ३९९ जनालाई राष्ट्रपतिद्वारा कदरपत्र वितरण



रासस

बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गर्ने ३९९ जनालाई राष्ट्रपतिद्वारा कदरपत्र वितरण

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजाति र बहुसांस्कृतिक जनता बसोबास गर्ने राज्य भएको बताएकी छन्।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, ललितपुरले आयोजना गरेको कदरपत्र वितरण समारोहलाई सम्बोधन राष्ट्रपति भण्डारीले हिमाल, तराई र पहाडमा बस्ने सबैको वेशभूषा, परम्परा र भाषा नै राष्ट्रिय गौरव भएको बताइन्।

राष्ट्रपति भण्डारीले पहिलोपल्ट बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गर्ने ३९९ जनालाई कदरपत्र वितरण गरी सम्मान गरिन्। 

उनले बौद्ध धर्म दर्शनमा उच्च शिक्षा लिएपछि प्राप्त हुने रिम्पोछे, टुल्कु, आचार्य, खेम्पो, लोप्पेन, घेसे उपाधिबाट सम्मान गरेकी हुन्। 

समारोहमा नेपाल, वर्मा, थाइल्याण्ड, श्रीलंका र भारतबाट सहभागी बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गरेका व्यक्ति उक्त उपाधिबाट सम्मानित भएका थिए। 

कार्यक्रममा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले विश्व शान्तिका लागि बुद्धको शिक्षा अस्त्रसावित भएको बताए। 

नेपालमा बौद्ध शिक्षा दिने चलन २०३६ सालबाट सुरु भएको हो । यहाँस्थित विहार र गुम्बामा निःशुल्क बौद्ध शिक्षाको पढाइ हुन्छ। उच्च शिक्षाका लागि लुम्बिनीमा लुम्बिनी विश्वविद्यालयको स्थापना भएको छ। 

बौद्ध दर्शनसम्बन्धी उच्च शिक्षाका लागि नेपालीहरु विशेष गरी भारत, वर्मा, श्रीलंका र थाइल्याण्ड जाने गरेका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell