PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सिरियाली सेनाको हवाई कारबाहीमा ४३ सर्वसाधारणको मृत्यु



रासस

सिरियाली सेनाको हवाई कारबाहीमा ४३ सर्वसाधारणको मृत्यु
फोटो श्रोतः rt.com

दमासकसः इस्लामिक स्टेट्स (आइएस)को नियन्त्रणमा रहेको उत्तरी र पश्चिमी सिरियामा भएका हवाई कारबाहीमा कम्ती ४३ सर्वसधारणको मृत्यु भएको मानवअधिकारवादी समूहले जानकारी दिएको छ। 

सिरियाको पूर्वी प्रान्त देइर अल जोउरमा भएको हवाई कारबाहीमा कम्तीमा १४ सर्वसाधारणको मृत्यु भएको सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्सले जानकारी दिएको छ। 

अक्रमणमा पाँच बालबालिकासहित आठ जनाको मृत्यु भएको छ। त्यसैगरी, उत्तरी सहर राक्कामा बुधबार नै भएको अर्को हवाई आक्रमणमा कम्ती २९ जनाको मृत्यु भएको थियो। यी हवाई आक्रमणहरु अमेरिका आवद्ध थियो या रुस भन्ने बारेमा केही स्पष्ट भएको छैन। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell