PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

विदेश पठाउने नाममा ठगी गर्ने एक जना पक्राउ



पहिलोपोस्ट

विदेश पठाउने नाममा ठगी गर्ने एक जना पक्राउ

काठमाडौः विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

रोल्पाको सुनछहारी गाउँपालिका वडा २ घर भई काठमाडौंको टोखास्थित गामा ट्राभल्स एण्ड टुर्सका संचालक जयप्रकाश वुढामगरलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो। 

मगरले विभिन्न व्यक्तिलाई पोर्चुगल पठाईदिने र मासिक ८० हजार रुपैयाँ तलब दिने भन्दै १२ लाख रुपैयाँसम्म लिएको खुल्न आएको छ।

मगरले पोर्चुगल पठाउन दुवई हुँदै इराक पठाएको र इराकको विमानस्थलमा नक्कली भिषा हो केही व्यक्तिलाई पक्राउ गरी नेपाल फिर्ता पठाएपछि उनको ठगीधन्दा बाहिर आएको हो । पीडितले आफुहरु ठगिएको भन्दै उजुरी दिएपछि मगर पक्राउ परेका हुन् ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell