PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

डा. केसीसँग वार्ता गर्न सरकारले बनायो तीन सदस्यीय समिति, शिक्षा सचिव संयोजक 



पहिलोपोस्ट

डा. केसीसँग वार्ता गर्न सरकारले बनायो तीन सदस्यीय समिति, शिक्षा सचिव संयोजक 

काठमाडौः ११ औँ पटक आमरण अनसनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले उच्चस्तरीय वार्ता समिति गठन गरेको छ। 

आज बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा सचिवको संयोजकत्वमा स्वास्थ्य सचिव र प्रधानमन्त्री कार्यलयका सचिव रहेको पुरानै तीन सदस्यीय वार्ता समितिलाई निरन्तरता दिने निर्णय गरेको हो। वार्ता समितिलाई चिकित्सा शिक्षा विधेयकमा रहेका प्राविधिक पक्षहरुमा आवश्यक सुधार गरी वार्ता टुङ्ग्याउने जिम्मेवारी दिइएको छ। 

वार्तामा समितिमा स्वास्थ्य सचिव डा. किरण रेग्मी, शिक्षा सचिव शान्त बहादुर श्रेष्ठ र सरकारका प्रवक्ता तथा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की छन । 

केसीले अब कहिल्लै अनसन बस्नु नपर्ने गरि वार्ता गर्ने अर्थमन्त्री कार्कीले बताए। चिकित्सा क्षेत्र सुधारका लागि विभिन्न माग राख्दै डा.केसी ४ दिनदेखि आमरण अनसनमा छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell