PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

१५ हजार  रुपैयाँ घुस लिएको आरोपमा डिभिजन सहकारी सिरहाका प्रमुख पक्राउ



रासस

१५ हजार  रुपैयाँ घुस लिएको आरोपमा डिभिजन सहकारी सिरहाका प्रमुख पक्राउ

काठमाडौँ  : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रुपैयाँ घुस लिएको आरोपमा डिभिजन सहकारी कार्यालय सिरहाका प्रमुख रामप्रसाद सुवेदी र कार्यालय सहयोगी अवतार बस्नेतलाई पक्राउ गरेको छ। 

योग्य महिला कृषि सहकारी संस्था दर्ता गर्न पुगेका सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

कार्यालय प्रमुख सुवेदीको निवासबाट घुस रकमसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell