PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

प्रतिपक्षीसँगको गठबन्धन तोड्दै नितिश कुमार भए पुनः मुख्यमन्त्री



रासस

प्रतिपक्षीसँगको गठबन्धन तोड्दै नितिश कुमार भए पुनः मुख्यमन्त्री
फोटो श्रोतः indianexpress.com

पटनाः जनता दल (यूनाइटेड)का नेता नीतिश कूमार भारतीय प्रतिपक्षी दलसँगको महागठबन्धनलाई तोड्दै भारतीय जनता पार्टी (भाजपा)को समर्थनमा बिहीबार पुनः बिहारको मुख्यमन्त्री बनेका छन्। उनले राजनाथ भवनमा बिहीबार नै सपथ लिएका छन्। 

त्यसैगरी, भाजपाका सुशील कुमार मोदीले पनि उपमुख्यमन्त्रीका रूपमा आजै सपथ लिएका छन्। दुवै जनाले भारतीय संसदबाट बहुमत सिद्ध गर्नुपर्ने कानूनी प्रावधान अनुसार शुक्रबार नै संसदमा विश्वासको मत रहेको पुष्टि गर्नुपर्नेछ। 

कुमारले भाजपासँगको सन् २०१३ मा छुटेको सम्बन्धलाई पुनःस्थापित गर्दै सन् २०१९ मा हुने लोक सभाको निर्वाचनमा लागि भाजपासँग सम्बन्ध स्थापित गरेका हुन्। यसले निर्वाचनमा गहिरो प्रभाव पार्ने बताइएको छ। 

बिहारको राजनीतिमा चाणक्य भनेर बताइने ६६ वर्षीय कुमारले बिहारका चर्चित नेता लालु यादवको दल राष्ट्रिय जनता दल (आरजेडी) र भारतीय कांग्रेससँगको गठबन्धन तोड्दै बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। रासस/ पीटीआई 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell