PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

काभ्रेमा दम्पती झुण्डिएको अवस्थामा फेला



पहिलोपोस्ट

काभ्रेमा दम्पती झुण्डिएको अवस्थामा फेला

बनेपा: काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ स्थित बडालगाउँमा बिहीबार एक दम्पती झुण्डिएको अवस्थामा फेला परेका छन्।

३२ वर्षिय भैरब भनिने सोमप्रसाद बडाल र उनकी कान्छी श्रीमती १८ वर्षीया मनिषा दाहाल घरबाट ५०० मिटर टाढाको एउटा रूखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दाहालसँग बडालको केही महिनाअघि मात्रै विवाह भएको थियो भने उनकी जेठी श्रीमती पनि थिइन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell