PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

रुस छ महिनामा १२ आतंकवादी आक्रमणबाट जोगियो



पहिलोपोस्ट

रुस छ महिनामा १२ आतंकवादी आक्रमणबाट जोगियो

मस्को: आतंकवादी गतिविधि बढीरहेका बेला रुसले गत छ महिनाको अवधिमा १२ विभिन्न आक्रमण प्रयास रोक्न सफल भएको छ।

'तेह्र वटा आतङ्कवादी आक्रमण दर्ता भएका छन्। त्यसमध्ये १२ वटा विफल भएका छन्, तिनीहरु तयारीकै क्रममा निस्तेज भएका हुन्'  एक सरकारी अधिकारीले भने।

आतङ्कवादीहरुले सहयोग गरेको, उनीहरुले भर्ना गरेको र आतङ्कवादीहरुले आर्थिक व्यवस्थापन गरिदिएका घटनाहरु यस अवधिमा झण्डै ६० प्रतिशत भन्दा धेरै बढेको उनले जानकारी दिए।

यसअघि सन् २०१६ मा कानुन कार्यान्वयन गराउने निकायहरुले १६ वटा आतङ्कवादी आक्रमणहरुलाई असफल पारेका थिए।

अप्रिलमा सेन्ट पेटेर्सबर्गमा भएको विस्फोटनमा १६ जनाको मृत्यु भएपछि रुसले आतङ्कवाद विरुद्धको कारबाहीलाई रणनीतिक तरिकाले थप बढाउँदै लगेको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेर गत बुधबार सरकारले जारी गरेको आदेशमा रसिया आतङ्कवादलाई परास्त गर्न विश्व समुदायसँग सहकार्य गर्ने बताइएको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell