PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

फ्राइडे रिलिज: 'प्रेमगीत २' र 'रुद्र'को सिंगल स्क्रिनमा प्रतिस्पर्धा



पहिलोपोस्ट

फ्राइडे रिलिज: 'प्रेमगीत २' र 'रुद्र'को सिंगल स्क्रिनमा प्रतिस्पर्धा

काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म सार्वजनिक भएका छन्। प्रेमगीत सिक्वेल 'प्रेमगीत २' र फिल्म 'रुद्र' प्रदर्शनमा आएको हो।

आशुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्म 'प्रेमगीत २' लाई रामशरण पाठकले निर्देशन गरेका हुन्। फिल्ममा प्रदिप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्कीलगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्मले सिंगल स्क्रिन तथा मल्टिप्लेक्सहरुमा गरी देशभरका ८० हलहरुमा शो पाएको छ।

रामजी लामिछानेको निर्देशन रहेको फिल्म रुद्रमा निखिल उप्रेती, विश्व शर्माको र सारा शिर्पालीको मुख्य अभिनय रहेको छ। रुद्रलाई कल्पना कुमारी कटुवाल, भक्तप्रसाद शर्माले निर्माण गरेका हुन्। फिल्ममा सारा र विश्वबीचको प्रेममा निखिल उप्रेती भिलेनको रुपमा देखिएका छन्।

फिल्मले देशभरका सिंगल स्क्रिन र बिग मुभिज, गोपीकृष्ण लगायत केही मल्टिप्लेक्समा शो पाएको छ।

बलिउडतर्फ नेपालको लागि 'मुबारकन' सार्वजनिक भएको छ। रोमान्टिक कमेडी हिन्दी फिल्मलाई अनिश बज्मीले निर्देशन गरेका हुन्। सोनी पिक्चर्स नेटवर्कको प्रस्तुती रहेको फिल्ममा अनिल कपूर, अर्जुन कपूर, इलियना डिक्रज, आथिया सेट्टी, नेहा शर्माको मुख्य अभिनय रहेको छ।

फिल्मले मल्टिप्लेक्समा शो पाएको छ।

त्यस्तै हलिउडतर्फ फिल्म 'भ्यालेरियन एण्ड द सिटी अफ अ थाउजेन्ड प्लानेट्स' प्रदर्शनमा आएको छ। फ्रेन्च साइन्य फिक्शन एक्शन एडभेन्चरलाई लुस बेसनले निर्देशन गरेका हुन्। र फिल्मलाई उनकै पत्नि भर्जिनिया बोलन सिल्लाले निर्माण गरेकी हुन्। फिल्ममा डेन डेहान, कारा डेलेभिन्ज, क्लिभ ओएन, गायिका एवं गीतकार समेत रहेकी रिहान्ना, एथन हक, हर्बी ह्यानकन लगायतको अभिनय रहेको छ।

फिल्मले पनि मल्टिप्लेक्समा शो पाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell