PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

प्रहरी सहायक निरीक्षक गुरुङ मृत फेला



पहिलोपोस्ट

प्रहरी सहायक निरीक्षक गुरुङ मृत फेला

धादिङ: उत्तरी धादिङको इलाका प्रहरी कार्यालय, दार्खामा कार्यरत सहायक प्रहरी निरीक्षक वीरबहादुर गुरुङको शव आज बिहान ६ बजे इलाका प्रहरी कार्यालयनजिकै मकैबारीमा फेला परेको छ।

बिहीबार राति ११ बजे सुतेका गुरुङको लास आज बिहान मकैबारीमा फेला परेको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पंजियारले बताए। घटना अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा जान लागेकाले अनुसन्धानपछि  मृत्युबारे थाहा हुने पंजियारले बताए।

धादिङबेसीबाट घटनास्थलको दूरी ३५ किमी रहेको र कच्ची बाटो भएकाले वर्षाका कारण अहिले सिधै गाडी चल्न सक्दैन। घटनास्थल पुग्न सल्यानटारको बाटोबाट रिम्नेसम्म सानो गाडीमा गई त्यहाँबाट तीनघण्टा पैदल हिड्नु पर्ने हुन्छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell