PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

कोलकातामा भानुको शालिक निर्माण हुने



रासस

कोलकातामा भानुको शालिक निर्माण हुने

काठमाडौँ : २०४ औं भानुजयन्ती नेपाली जनकल्याण समिति, कोलकाता, भारतले विविध सांस्कृतिक कार्यक्रमसहित मनाएको छ । 

कोलकातामा रहेको नेपाली समुदायले नेपाली भाषा र जातीय एकताका प्रतीक भानुभक्त आचार्यको जन्मजयन्ती १७ वर्षदेखि मनाउँदै आएको छ।

सो अवसरमा नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले नेपाली भाषा, साहित्य, संस्कृति, कलाको संरक्षणमा आफू र नेपाल सरकारबाट पूर्ण सहयोग रहने बताए। 

भारत, पश्चिम बंगालका सहकारीमन्त्री अरुप रायले भानु–रवि (भानुभक्त आचार्य–रवीन्द्रनाथ) ठाकुर काव्य उद्यान निर्माणका लागि सरकारबाट जग्गा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे। 

भानु जयन्ती विशेष समारोहमा समितिका प्रमुख सल्लाहकार धर्मराज बरालले कोलकातामा रहेका नेपालीले नेपाली भाषा र साहित्यका लागि धेरै काम गरेको बताए।

सो अवसरमा जनकल्याण समिति कोलकाताले भानु प्रतिष्ठानका महासचिव ऋषभदेव घिमिरे, सार्क कल्चरल सोसाइटी नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र गुरागाईं एवम् बराललाई सम्मान गरिएको थियो। 

सो अवसरमा जनकल्याण समितिको प्रकाशन तथा नरविक्रम थापा सम्पादक रहेको ‘बिहानी’ पत्रिकाको अठारौँ अङ्क र नेपाली साहित्य, धर्म, संस्कृतिबारे जानकारी भएको वार्षिक नेपाली पात्रोसमेत विमोचन गरिएको थियो।

पत्रिकामा नेपाल र भारतका विभिन्न विधाका ख्यातिप्राप्त स्रष्टाका लेखरचना समाविष्ट छन्। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell