PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

अश्वेत भन्दै गरिएका आलोचनाले भावनात्मक छाप पारेको मिसेल ओबामाको भनाई



रासस

अश्वेत भन्दै गरिएका आलोचनाले भावनात्मक छाप पारेको मिसेल ओबामाको भनाई
फोटो श्रोतः cnn.com

डेनभर : मिसेल ओवामाले बिगत देखिको परम्परालाई तोड्दै पहिलो अश्वेत प्रथम महिला बन्दा व्यक्त भएका केही प्रतिक्रियाले आफूमा केही चिरस्थायी भावनात्मक छाप छोडेको बताएकी छन्।

विमिन्स फोन्डेसन अफ कोलोराडोले आयोजना गरेको कार्यक्रममा ओबामाले अश्वेत भएकै कारण आफूप्रति नकारात्मक टिप्पणी भएको बताइन्। 

 अश्वेत भएकै कारण एक किसिमको बाँदर (एप)सँग तुलना गरेकासम्मका प्रसङ्ग कोट्याउँदै उनले भनिन्,‘मेरो आठ वर्षको सरकारी सेवाको अनुभवले बास्तवमै राष्ट्रका लागि कडा काम गरेको अनुभुति भएको छ,’ अमेरिकी एक अनलाइन पत्रिकाले उनको भनाइलाई उद्धृत गर्दै लेखेको छ।

उनले भनेकी छन्,‘अझैपनि हाम्रो मुलुकमा मेरो वर्ण कालो भएका कारण मलाई नदेख्ने समाज रहेछ।’ 

ओवामाले आफूले महिलाका जीवनमा आउने सानाभन्दा साना भावनात्मक पीडालाई बुझ्नसक्ने संसारको परिकल्पना गरेकोसमेत बताइन्। उनले भनिन्,‘हामी अझै बिउँझिदै छौं।’ 

आफूले समाजको परिवर्तनका लागि सार्वजनिक सुविधा नखोज्ने तर आफू र पूर्वराष्ट्रपति बाराक ओबामा सार्वजनिक चासोका बिषयमा सुधारका लागि कार्यरत रहिरहने उनले बताइन्। रासस/एपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell