PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा रक्षाबन्धन



रासस

काठमाडौँ :  राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन पर्वको उपलक्ष्यमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजयोगी तथा राजयोगिनीसित रक्षाबन्धन ग्रहण गरेकी छन्। 

शीतल निवासमा आज बिहान राष्ट्रपति भण्डारीले रक्षाबन्धन ग्रहण गर्नुभएको सेवाकेन्द्रका राजयोगी रामसिंह ऐरले जानकारी दिए। 

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सेवा केन्द्रका राजयोगी तथा राजयोगिनीसित प्रधानमन्त्री निवास बालुवाटारमा रक्षाबन्धन ग्रहण गरे। 

सो अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवालाई सेवा केन्द्रका निर्देशक राजयोगिनी राजदिदी, राजयोगी ऐर, राजयोगी तिलकबहादुर शाही, राजयोगिनी अमरजित कौरलगायतले राखी प्रदान गरेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell