PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

नवलपरासीको गण्डक क्षेत्र आसपासमा बाढीको त्रास, सतर्कता अपनाउन प्रशासनको आग्रह



रासस

नवलपरासीको गण्डक क्षेत्र आसपासमा बाढीको त्रास, सतर्कता अपनाउन प्रशासनको आग्रह

नवलपरासी : नवलपरासीको नारायणी नदीसहित गण्डक क्षेत्र आसपासका स्थानीयवासीमा बाढीको त्रास फैलिएको छ। 

विगत केही दिनदेखिको अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि उनीहरुमा बाढीको त्रास फैलिएको हो। 

बाढीको त्रास फैलिएपछि यस क्षेत्रका स्थानीयवासीले उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनसँग माग गरेका छन्। 

सुस्ता र प्रतापुर गरी दुईवटा गाउ‘पालिका क्षेत्रमा रहेका करिब एक दर्जन गाउ‘बस्तीमा बाढीको जोखिममा रहेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासीले सबैमा आग्रह गरेको छ। 

जिल्लाको दक्षिणी भेगका नर्सहीं, कुडिया, ठूलो खैरटंवा, गुठिप्रसौनीलगायतका एक दर्जनभन्दा बढी गाउ‘बस्ती बाढीको जोखिममा रहेको बताइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell