PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

बारामा जीप दुर्घटना, एक जनाको मृत्यु, एक घाइते



रासस

बारामा जीप दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

कलैया : पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बारा सिमरा–जितपुर उपमहानगरपालिका वडा नं १६ मा आज बिहान जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। 

माछा राखेर काठमाडौँ गइरहेको ग२च २३२० नम्बरको जीप राजमार्गको गजुरा खोलामा खस्दा माछा व्यापारी झापा बिर्तामोडका ४५ वर्षीय प्रभु सहनीको घटनास्थलमै मृत्यु भएको हो। 

जीप चालक चितवन, भरतपुरका ४९ वर्षीय चिजमान श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell