काठमाडौं: रङ्ग पत्रकार बिशाल राई र अभिनेत्री केकी अधिकारीले एउटै भिडियोमा फिचरिङ गरेका छन्। भिडियोमा यि दुईलाई प्रेम जोडीको रुपमा देखाइएको छ। गायक धन साम्पाङ राईको ‘सानुमाया' बोलको गीतको भिडियोमा यी दुई एकसाथ देखिएका हुन्। म्युजिक भिडियो बिहिबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।
कोरियामा रहेका गायक धन साम्पाङको यो पहिलो एल्बम ‘सानुमाया'मा समावेश गीत हो। गीत गीतमा साम लिम्बुको शब्द तथा संगीत रहेको छ। गीतको भिडियोलाई निर्देशक राकेश किरातीले निर्देशन गरेका हुन्। भिडियो बारे केकी भन्छिन्,'अन्तर्वाता र समाचारका लागि कार्यक्रमहरुमा भेट्थ्यौ बिशाल जि र म। त्यसैले पनि होला हामीलाई सँगै काम गर्न त्यति असहज भएन।' उहाँ पनि मोडलिङमा सक्रिय रहेर होला एकअर्कालाई सहयोग भयो।'
म्युजिक भिडियो भुपेन्द्र सम्बाहाम्फे लिम्बुले खिचेका हुन् भने बुद्ध थापा मगरले सम्पादन गरेका हुन्।
हेर्नुस् भिडियो: