PahiloPost

May 20, 2025 | ७ जेठ २०८२

अस्थायी शिक्षक १८ गतेदेखि पुनः अनसन बस्ने, कानुन संशोधनपछि मात्र परीक्षा गर्न माग



रासस

अस्थायी शिक्षक १८ गतेदेखि पुनः अनसन बस्ने, कानुन संशोधनपछि मात्र परीक्षा गर्न माग
फाइल फोटो

काठमाडौँ : शिक्षा मन्त्रालय र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच भएको सहमति पालना नभएको भन्दै अस्थायी शिक्षकले पुनःआमरण अनशन थाल्ने भएका छन्। 

असार ९ गते शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र अस्थायी शिक्षक संघर्ष समितिबीच चार बुँदे सहमति भएको थियो। 

समितिका अध्यक्ष होमनाथ चौलागाईंले सहमति कार्यान्वयनका लागि शिक्षा ऐनमा नवौँ संशोधन गरिनुपर्ने, ऐन संशोधन भएको ४५ दिनसम्म शिक्षकको विज्ञापन नखोल्ने सुनिश्चितताका लागि साउन १८ गतेबाट भद्रकालीमा अनशन बस्ने निर्णय गरिएको जानकारी दिए। 

सहमतिअनुसार कानुन संशोधनपछि मात्र शिक्षकको परीक्षा हुनुपर्ने समितिको माग छ। महासंघले भने शिक्षक सेवा आयोगले यसअघि तय गरेको आगामी भदौ ३ गतेको शिक्षकको परीक्षा रोक्न नहुने बताउँदै आएको छ। 

अध्यक्ष चौलागाईंले आफूहरुको हितविरुद्ध निर्णय गरेकाले महासंघका पदाधिकारीको राजीनामा पनि आन्दोलनको विषय हुने बताए। 

चार बुँदे सहमतिबमोजिम संवत् २०६१ साउन २२ देखि २०७२ असोज २ गतेसम्मको कुल रिक्त दरबन्दीको ४९ प्रतिशतमा आन्तरिक र ५१ प्रतिशत खुल्लातर्फ विज्ञापन गर्ने विषयमा आन्तरिकतर्फको विज्ञापनमा पद संख्या समायोजन (अनुपात मिलान) गरिने उल्लेख थियो। हाल २६ हजार १५१ शिक्षक दरबन्दी रिक्त छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell