PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सरकारमा सहभागी नहुने राप्रपाको निर्णय, सरकार संविधान कार्यान्वयनमा गम्भिर नदेखिएको आरोप



पहिलोपोस्ट

सरकारमा सहभागी नहुने राप्रपाको निर्णय, सरकार संविधान कार्यान्वयनमा गम्भिर नदेखिएको आरोप

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ। 

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पदाधिकारी बैठकले वर्तमान सरकारमा सहभागिताको अध्याय समाप्त भएको निष्कर्ष निकालेको हो।

बैठकले सरकार मधेसको समस्या समाधान गर्न र संविधान कार्यान्वयनमा गम्भिर नदेखिएकोप्रति चिन्ता व्यक्त गर्दै यसतर्फ सम्बन्धित सवैको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ। 

त्यस्तै, बैठकले हरेक वडामा राप्रपा, हरेक क्षेत्रमा राप्रपा अभियान संचालन गर्ने निर्णय गरेको छ। 

त्यस्तै, भदौमा प्रदेशस्तरीय परिषद् गर्ने, मंसिर महिनाभित्र भातृ संगठनहरुको अधिवेशन गर्ने,  गाउँपालिका तथा नगरपालिकाहरुमा हिन्दुराष्ट्र पुनस्र्थापना जागरण सभा आयोजना गर्ने जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell