PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

वान्टेड सह अभिनेता इन्दर कुमारको निधन



पहिलोपोस्ट

वान्टेड सह अभिनेता इन्दर कुमारको निधन

बलिउड कलाकार इन्दर कुमारको निधन भएको छ। बिहिबार बिहान कुमारको हृदय घातका कारण अंधेरी, मुम्बईस्थित निजि निवासमा निधन भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

४५ वर्षको उमेरमा उनको निधन भयो। उनले बिहान २ बजे अन्तिम सास फेरे। सह नायकको भूमिकाका लागि चर्चामा रहेका उनले मासुम, बाघी, कहि प्यार ना हो जाए, खिलाडियोँ के खिलाडी, तुजे सलाम, हत्यार, अग्निपथ, वान्टेड, ए दुरिया लगायत एक दर्जन बलिउड फिल्ममा सह अभिनेताको भूमिका निभाएका छन्। त्यस्तै हिन्दी सिरियल क्युं कि सास भि कभी बहु थि र फियर फाइल्समा पनि मुख्य कलाकारको रुपमा काम गरेका थिए।

हाल उनी फिल्म 'फाटि पडि है यार'को छायांकनमा व्यस्त थिए। इन्दरको अन्तिम संस्कार शुक्रबार ४ बजे यारी रोड समशान भूमीमा हुने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell