PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

ओबामाकेयर खारेज गर्ने ट्रम्पकाे योजना संसदमा अस्वीकृत



रासस

ओबामाकेयर खारेज गर्ने ट्रम्पकाे योजना संसदमा अस्वीकृत
फोटो श्रोतः islamicinvitationturkey.com

वासिङ्टन : अमेरिकी रिपब्लिकन दलद्वारा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको नामबाट सञ्चालित स्वास्थ्य क्षेत्रको सुधारका लागि ओबामाकेयर कार्यक्रमलाई रद्द गर्ने पछिल्लो प्रयासलाई अमेरिकी सिनेटले शुक्रबार अस्वीकृत गरेको छ। 

यसले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको दलको प्रतिपक्षी डेमोक्रेटिक पार्टी तथा ट्रम्पका पूर्ववर्ती ओबामा विरुद्धको कार्यक्रममा सत्ताधारी दललाई नराम्रो धक्का मिलेको छ। 

शुक्रबार अबेर असाधारण तनावबीच भएको मतदानमा रिपब्लिकन पार्टीका सिनेटर (सांसद) जोन म्याककेनले नै आफ्नै दलको प्रस्तावविरुद्ध मतदान गरेका र उनको मत नै निर्णायक बनेको हो। परीक्षणबाट हालै मस्तिष्क क्यान्सर भएको पत्ता लागेका म्याककेनले रिपब्लिकनको अडानविरुद्ध मतदान गरेका थिए। 

म्याककोनेलले आफ्ना निकटस्थसँग मतदानको नतिजापछि प्रतिक्रिया दिंदै भनेका छन्,‘यो निराशाजनक नतिजा हो, वास्तवमै निराशाजनक परिवेश।’रासस/ एएफ्पी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell