PahiloPost

Nov 10, 2025 | २५ कात्तिक २०८२

बोको हरामको आक्रमणबाट नाइजेरियामा ५० जनाको मृत्यु



रासस

बोको हरामको आक्रमणबाट नाइजेरियामा ५० जनाको मृत्यु
फोटो श्रोतः telegraph.co.uk

नाइजेरियाः नाइजेरियाको उत्तरपुर्वी क्षेत्रमा बोको हराम समूहले गरेको आक्रमणमा परी ५० जना भन्दा बढीको मृत्यु भएको छ। 

तेल अनवेषणकर्ताहरूको समूहलाई लक्षित गरी यसै हप्ता भएको आक्रममा परी उनीहरूको मृत्यु भएको चिकित्सक तथा मानवअधिकारकर्मीहरूले जनाएका छन्। 

घटनास्थलबाट माइदुगुरी विश्वविद्यालयमा कार्यरत भूगर्भविद् र सर्वेक्षकहरूको उद्दार गरिएको बताइएको छ। 

आक्रमणकारीहरूले थापेको एम्बुसमा परी तेल अन्वेषण समूहका कम्तीमा पाँच सदस्य मारिएको अधिकारीहरूले जनाएका छन्। एम्बुसमा सिपाही र आक्रमणकारी समुहका सदस्य पनि मारिएको बताइएको छ। 

बोको हराम विद्रोह सन २००९ मा सुरु भए यता कम्तीमा २० हजार मारिएका र हजारौं अपहरणमा परेका संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । 

सरकारी सेनाले बुधबार भएको आक्रमणमा दश जनाको मृत्यु भएको जनाएको छ। मैगुमेरीबाट प्रहरीले ४७ जनाको शव निकालेको थियो । रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell