
दिल वाले दुल्हनिया ले जायेंगे, बाजीगर, कुछ कुछ होता है जस्ता हिट फिल्म गरेकी सफल अभिनेत्री हुन् काजोल। केही समय यता बलिउडमा निस्क्रिय रहिन्। सन् १९९० को दशकमा जब उनको फिल्मी करियर चुलीमा पुगेको थियो तब उनले अभिनेता अजय देवगानसँग विवाह गरिन् र छानेर मात्र फिल्म गर्ने घोषणा गरिन्।
तर उनले आफूले बलिउडबाट केही समय ब्रेक लिनुको कारण आफ्नो बच्चाहरु नभएको बताइन्। भन्छिन्,'मैले मेरो बच्चाहरुको लागि केही पनि त्यागेको छैन। मैले उनीहरुलाई जन्माउनुको कारण बरु मेरो आमाको जिम्मेवारी निभाउने इच्छा हो।' उनले आफूलाई फिल्म भन्दा प्यारो आफ्नो सन्तान र परिवार भएको बताइन्। 'मेरो पहिलो प्राथमिकता सधैं परिवार हो। जसलाई म जीवनको अन्तिम घडीसम्म प्रेम गरिरहन्छु।'
उनले बिबिसी हिन्दीसँग फिल्म आफ्नो जिन्दगीको एउटा अलग पाटो भएको सुनाइन्। १४ वर्षिय छोरी नायसा र ७ वर्षिय छोरा युगसँग उनले निकै समय बिताइन्। तर अझै उनीहरुलाई मिडिया सामु खुलेर ल्याएकी छैनन्। जस बारे काजोल भन्छिन्,'मेरी १४ वर्षिय छोरी बारे मान्छेहरु सोध्छन्- नायसा भर्खर १४ वर्षकी छ। उसलाई मैले मिडियामा ल्याएँ भने उसले कस्ता कस्ता प्रश्नको सामना गर्नु पर्ला? म उनीहरुलाई यो सबबाट टाढा राख्न चाहन्छु।' उनले अजय देवगान र आफू मिलेर उनीहरुलाई मिडियामा नल्याउने तय गरेको बताइन्। उनी चाहन्छिन् उनको दुबै सन्तान आफ्नो करियरको निर्णय आफै लिने भएको हेर्न।
फिल्म इन्डस्ट्रीमा २५ वर्ष लामो यात्रा गरेकी उनले फिल्म क्षेत्रको स्टार र स्टारको परिभाषा परिवर्तन भएको महसुस गरेकी छिन्। आफ्नो समयमा स्टारहरु समाचार बन्ने, उनीहरुको गोप्य कुराले महत्व राख्ने गरेको तर अहिले स्टारसम्म पुग्न र आन्तरिक कुरान सजिलै थाहा पाउन थालेको उनको भोगाइ रहेको छ।
उनले बलिउडमा देखेको केही सकारात्मक परिवर्तन यस्ता छन्: कलाकार आम दर्शकसँग जोडिए। फिल्म इन्डस्ट्री ठूलो भयो। बलिउड धेरै व्यवसायिक बन्यो। फिल्मको लागि क्रिटिक्स र विशेषज्ञहरु आए। नयाँ कलाकार, अनुहार र ट्यालेन्टले ठाउँ पाउन थाले।
मेन स्ट्रिम बलिउडमा जमेकी काजोलले एक समय क्षेत्रीय फिल्ममा काम गर्दिन थिइन्। तर समय फेरियो। काजोल तत्काललाई अभिनेता धनुषसँग तमिल फिल्ममा स्क्रिन सियर गर्दैछिन्। रजनिकान्तको छोरी सौंदर्या रजनिकान्तको निर्देशनमा बनेको फिल्म भिआइपी २ ललकारमा काजोलसँगै धनुषको मुख्य अभिनय रहेको छ।
क्षेत्रिय फिल्ममा अभिनय नगर्ने घोषणा नै गरेकी उनले अहिले भाषाको कारण बताइन्। भनिन्,'म अब विभिन्न भाषा सिक्नबाट पर बस्न चाहन्न। के थाहा भोली चाइनिज फिल्म पो खेल्छु कि।'