
काठमाडौं : फिलिपिन्सको मनिलास्थित पुर्तो प्रिन्सेसा शहरमा अगस्ट १ देखि ८ तारिखसम्म सञ्चालन हुने एसियन जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपाली मुक्केबाज ओम परियारले सहभागिता जनाउने भएका छन्।
एसियन बक्सिङ फेडेरेसनको वार्षिक क्यालेन्डर अनुसार आयोजना हुने च्याम्पियनसिपमा ओमले ४९ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।
तीन सदस्यीय नेपाली टोली शुक्रबार फिलिपिन्सन प्रस्तान गर्दैछ। नेपाली टोलीको नेतृत्व नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले गर्नेछन्। यसैगरी प्रशिक्षकको भूमिका भने काजकिस्तानका बक्सिङ प्रशिक्षक मुख्तार बर्दिमतोभले निर्वाह गर्नेछन्।
विगत तीन महिनादेखि विभिन्न विद्यालयमा बक्सिङ प्रशिक्षण सुरु गरेको नेपाल बक्सिङ संघले अन्तर्राष्ट्रिय प्रतियोगितामा युवा बक्सरको सहभागिताले नयाँ खेलाडीलाई प्रोत्साहित गर्ने विश्वास लिएको छ ।
नेपाली टोलीलाई बिहीबार सातदोबाटोमा राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार बिष्टले गरेका थिए।