PahiloPost

May 20, 2025 | ७ जेठ २०८२

दुवै मिर्गौलाले काम गर्न छोडेपछि पूर्वमन्त्री शेर्मा अस्पताल भर्ना



रासस

पाँचथर : दुवै मिर्गौला काम गर्न छोडेपछि नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री पूर्णकुमार शेर्मा एक सातादेखि अस्पतालमा उपचाररत छन्। 

केही साता अघिदेखि सामान्य बिरामी भएका शेर्माको दुवै मिर्गौलाले काम गर्न छाडेकाले एकसाता अघि वीर अस्पताल पुगेका आपतकालीन शय्या नभएको भन्दै अस्पतालले फिर्ता गरेपछि पुल्चोकस्थित निदान अस्पतालमा उनी भर्ना भएका छन्। 

कांग्रेसको पूर्व केन्द्रीय सदस्यसमेत रहेका ७४ वर्षीय शेर्मालाई डायलासिसमार्फत थप उपचारको प्रक्रिया अगाडि बढाइएको कांग्रेसका नेता धर्मेन्द्रविक्रम नेम्वाङले जानकारी दिए। 

एक साताअघि शेर्मालाई एक्कासी शरीरमा असहज भएपछि अस्पताल पुर्याइएकामा चिकित्सकले मिर्गौलाले काम गर्न छोडेको जानकारी दिएका थिए।

डायलासिस गर्न उनी शनिबारसम्म अस्पतालमै रहने बताइएको छ। पाँचथर जिल्लाको पार्टी सभापति भइसकेका शेर्मा पहिलो संविधानसभा निर्वाचनमा सभासद् बनेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell