PahiloPost

May 20, 2025 | ७ जेठ २०८२

वीरगञ्ज नाकाको व्यापार घाटा तीन खर्ब २७ अर्ब



रासस

वीरगञ्ज नाकाको व्यापार घाटा तीन खर्ब २७ अर्ब

पर्सा : प्रमुख व्यापारिक नाका वीरगञ्जको व्यापार घाटा २२ गुणा पुगेको छ । 

आर्थिक वर्ष २०७३/७४ मा वीरगञ्ज नाका भएर भारत तथा तेस्रो मुलुकबाट तीन खर्ब ४२ अर्ब ८३ करोड ६३ लाखको विभिन्न मालसामान नेपाल भित्रिएको थियो। 

नेपालबाट भारत तथा तेस्रो मुलुकका लागि १४ अर्ब ९३ करोड २७ लाखको विभिन्न मालसामान निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए।

गत आवमा वीरगञ्ज नाकाबाट निर्यातको तुलनामा तीन खर्ब २७ अर्ब ८० करोड ३६ लाख बढीको मालसामान आयात भएको थियो। 

गत आवको आयात निर्यातबीचको व्यापार घाटा २१.९५ गुणा रहेको पोखरेलले बताए। निर्यातमा वृद्धी नगरे व्यापार घाटा अझै बढ्दै जाने उहाँको भनाइ छ। आव २०७२/७३ को तुलनामा गत आवमा वीरगञ्ज नाकाको व्यापार घाटा ३.१५ गुणाले वृद्धी भएको थियो। 

आव २०७२/७३ मा वीरगञ्ज नाकाबाट एक खर्ब ८१ अर्ब ९ कारोड २२ लाखको मालसामान आयात भएको तुलनामा ९ अर्ब ४९ करोड ८ लाखको निर्यात भई व्यपार घाटा १८.८ गुणा रहेको थियो। आव २०७१/७२ मा वीरगञ्ज नाकाको व्यापार घाटा १४.१८ गुणा रहेको थियो। 

आव २०७१/७२ मा सो नाकाबाट तीन खर्ब १२ अर्ब ५२ करोड ५१ लाखको मालसामान आयात भएको थियो भने २० अर्ब ५८ करोड ६९ लाखको मालसामान निर्यात भएको भन्सारले जनाएको छ।

देशभित्र रहेका उद्योग पूर्ण क्षमतामा सञ्चालन नभएको कारण मुलुकमा परनिर्भता बढ्दै गएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले बताए। 

मुलुकभित्र उत्पादन भएका बस्तुभन्दा आयात गर्दा सस्तो पर्ने भएकाले उत्पादकत्व घटदै गएको छ। नेपाली बजार आयातमुखी हुँदै गएको अध्यक्ष शर्माको भनाइ छ।

वीरगञ्ज नाका भएर नेपालका लागि ६० प्रतिशत खाद्यान्न, ७० प्रतिशत पेट्रोलिय पदार्थ, ६० प्रतिश नयाँ सवारी साधन र ७० प्रतिशत औषधि आपूर्ति हुने गरेको छ । 

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले पहल नगरेको तीन हजारभन्दा बढी उद्योग पूर्णक्षमतामा सञ्चालन हुन नसकेका अध्यक्ष शर्मा बताउँछन् । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell