PahiloPost

May 20, 2025 | ७ जेठ २०८२

नेपाली दूतावासले मलेसियामा आयोजना गर्‍यो आर्थिक कूटनीति प्रवद्र्धन कार्यक्रम



रासस

नेपाली दूतावासले मलेसियामा आयोजना गर्‍यो आर्थिक कूटनीति प्रवद्र्धन कार्यक्रम

काठमाडौँ : मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली दूतावासले आर्थिक कूटनीति प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको छ। 

नेपालको व्यापार, पर्यटन र कला संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले बिहीबारदेखि त्यहाँ त्रिदिवशीय ‘मिस्टिक नेपाल’ प्रदर्शनी जारी छ। 

नेपाल हस्तकला महासंघसँगको सहकार्यमा आयोजित प्रदर्शनीमा २५ वटा बिक्री कक्षमार्फत नेपाली उत्पादनको प्रवद्र्धन भइरहेको नेपाली दूतावासले जनाएको छ। 

क्रयविक्रयसमेतको व्यवस्था मिलाइएको प्रदर्शनीमा हस्तकलाका सामग्री, जैविक चिया तथा कफी, नेपाली चित्र, नेपाली कपडा, गरगहना र पश्मिनाका सामान राखिएको छ। 

प्रदर्शनीको उद्घाटन गर्दै मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले मातृभूमिको कला, संस्कृति र उत्पादन प्रवद्र्धनमा दूतावास प्रतिबद्ध भएर लागेको बताए। उनले निकट भविष्यमा यस्तै अन्य कार्यक्रम मलेसियाका अन्य सहरमा पनि आयोजना गरिने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell