PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

'प्रेमगीत २'को ओपनिङमा यस्तो देखियो हलमा भिड



पहिलोपोस्ट

'प्रेमगीत २'को ओपनिङमा यस्तो देखियो हलमा भिड

काठमाडौं: व्यवसायिक रुपमा असफल रहे पनि चर्चा र ब्रान्ड कमाएको थियो फिल्म प्रेमगीतले। सोही नाम प्रयोग गरेर सन्तोष सेनले सिक्वेल प्रेमगीत २ घोषणा गरे। प्रेमगीत २ सेनको लागि चुनौती रह्यो। किनकी फिल्मले प्रिक्वेलको ब्रान्ड जोगाउन आवश्यक थियो। शुक्रबारबाट फिल्मको दोस्रो संस्करण शुक्रबारबाट प्रदर्शनमा आएको छ।



बुकिङमा आक्रमक देखिएको फिल्मले नेपाली बक्सअफिसमा पनि आक्रामक प्रस्तुत गर्योे। समिक्षात्मक रुपमा फिल्मले कस्तो प्रतिक्रिया पाउँछ भन्ने निश्चित छैन तर व्यवसायिक पक्षबाट हेर्दा हलमा फिल्मको दर्शक फ्लो निकै खचाखच देखिएको निर्माता सन्तोष सेन सुनाउँछन्। देशभरका ८० पर्दामा एकसाथ प्रदर्शनमा आएको फिल्मको पहिलो दिन अकुपेन्सी शतप्रतिशत रहेको वितरक गोविन्द शाहीको दाबी छ। 'क्यूएफएक्सको काठमाडौं र मोफसल हल हाउसफूल रहे।'



मुख्य मल्टिप्लेक्सले शुक्रबार प्रदीप खड्का स्टारर ड्रामालाई १६ सो दिएको थियो। बुकिङमै दुई सोज सोल्डआउट रहेको मल्टिप्लेक्सले जनाएको छ। कुमारी, गोपिकृष्ण, एफक्युब लगायतका हलमै पुगेर अभिनेता खड्का, अभिनेत्री अश्लेषा ठकुरी, अभिनेता सन्तोष सेनले सिनेमा हेरे। रामशरण पाठक निर्देशित फिल्मले एक बर्मेली युवती र नेपाली केटाबीचको प्रेम सम्बन्धबाट उत्पन्न हुने द्धन्द्धको कथा पेश गर्छ । नेपाल, म्यानमार र थाइल्यान्डमा छायांकन गरिएको फिल्मलाई आशुसेन फिल्मसले निर्माण गरेको हो। फिल्मको सेटिङ सन् १९४५ को दोस्रो विश्वयुद्धको परिवेश हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell