
काठमाडौँ : रक्षामन्त्री भीमसेनदास प्रधानले मुलुक संघीयतामा प्रवेश गरेसँगै नेपाली सेनाको पनि त्यसैअनुरूपकाे संरचनाको काम अघि बढेको बताएका छन्।
राजधानीमा आज आयोजित साक्षात्कारमा रक्षामन्त्री प्रधानले सात प्रदेशमा सात र काठमाडौँ उपत्यकामा एक पृतना स्थापना गर्ने कार्य अघि बढिसकेको जानकारी दिए ।
उनले नेपाली सेनाको सक्षम जनशक्ति, चेनअफ कमाण्डर छोटो समयमा गुणस्तरीय पूर्वाधार निर्माणको अनुभवले द्रुत मार्गले तोकिएको समयावधिभित्रै पूर्णता पाउने बताएका छन्।
रक्षामन्त्री प्रधानले सेनालाई विकास निर्माणको थप जिम्मेवारी दिन कार्यक्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताए।
उनले मुलुकका विकट क्षेत्रका सडक निर्माणमा सेनाले गर्दै आएको कार्य मूल्यांकनका आधारमा राजधानीसँग तराई–मधेसलाई जोड्ने छोटो दूरीको द्रुत मार्ग निर्माणको जिम्मेवारी दिइएको स्पष्ट पारे। रासस