PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

पर्साका दुई युवा ९ दिनदेखि गैरन्यायिक हिरासतमा,प्रहरी भन्छ-अनुसन्धानका लागि राखेको



राधेश्याम पटेल

पर्साका दुई युवा ९ दिनदेखि गैरन्यायिक हिरासतमा,प्रहरी भन्छ-अनुसन्धानका लागि राखेको

वीरगञ्जः प्रहरीले पर्सामा दुई युवालाई नौ दिन देखि गैरन्यायिक हिरासतमा राखेको पाइएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्वर १९ विन्दवासिनीको बरवाका ३१ वर्षीय काजी चौरसिया र अर्का एक जनालाई प्रहरीले गैरन्यायिक हिरासतमा राखेको आफन्तले बताएका हुन्।

  स्थानीय भरोसी साह कानुको हत्या आरोपमा प्रहरीले दुवै जनालाई साउन ४ गते पक्राउ गरेकोमा आजसम्म कुनै मुद्धा र म्यादसमेत नथपी हिरासतमा राखेको आफन्तको भनाइ छ।

संविधानको धारा २० को उपधारा ३ बमोजिम पक्राउ गरिएको व्यक्तिलाई पक्राउ भएको समय तथा स्थानबाट बाटोको म्याद बाहेक २४ घण्टा भित्र मुद्धा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनुपर्छ।

त्यस्तो अधिकारीबाट आदेश भए बाहेक पक्राउ भएको व्यक्तिलाई थुनामा राखिने छैन भन्ने उल्लेख छ। तर ४ गते राति घरैबाट पक्राउ गरि लगेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको ५ नम्वर थुनुवा कक्षमा राखेर प्रहरीले यातना दिइरहेको आफन्तले बताएका छन्।

  तिलावे पुल नजिकको खेतमा साउन ४ गते साँझ भरोसी साहको शव फेला परेको थियो। चिकित्सकको पोष्टमार्टम रिपोर्ट अनुसार अत्याधिक मदिरा सेवन गरेर भरोसीको मृत्य भएको देखिएपनि प्रहरीले दुवैजनालाई पक्राउ गरेर ९ दिन देखि राख्नुले प्रहरीको मनसाय गलत देखिएको आफन्तले बताएका छन्।

पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले भने पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध ऐनअन्तर्गत कारवाही अघि बढाएर हत्याको अनुसन्धान भइरहेको बताए। त्यसका लागि पोलिग्राफसमेत गरिने भएकाले आइतबार सम्ममा घटनाको यथार्थ बाहिर आउने उनले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell