PahiloPost

Nov 9, 2025 | २४ कात्तिक २०८२

कास्कीका द्वन्द्वपीडितलाई पाँच करोड राहत वितरण



रासस

पोखरा : कास्कीका द्वन्द्वपीडितलाई पाँच करोड १६ लाख २५ हजार राहत वितरण गरिएको छ। 

दश वर्षे सशस्त्र द्वन्द्वकालमा मृत्यु भएका ६० र बेपत्ता १९ जनाका परिवारलाई चार करोड २७ लाख ५० हजार वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका लेखा अधिकृत महेश सिग्देलले जानकारी दिए। 

उनका अनुसार पीडितका परिवारले पाँच पाँच लाख पाएका छन्। मृतक तथा बेपत्ता भएका परिवारका सदस्यले १० लाख पाउनुपर्नेमा पाँच लाख यसअघि नै पाइसकेका थिए। 

त्यस्तै द्वन्द्वकालमा मृत्यु भएका सेना र प्रहरीका ३९ जनाका परिवारले ५८ लाख ५० हजार पाएका छन्। उनीहरुका परिवारले यसअघि आठ लाख ५० हजार बुझिसकेकाले यस पटक बाँकी एक लाख ५० हजार पाएका छन्।

यसरी नै हिरासत बसेका ६२ जनाले २५ हजारका दरले १५ लाख ५० हजार र विस्थापित २५ परिवारले २५ हजारका दरले छ लाख २५ हजार पाएको लेखा अधिकृत सिग्देलले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell