PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

पाँचथरको फिदिममा जीप दुर्घटना, १४ जना घाइते



रासस

पाँचथरको फिदिममा जीप दुर्घटना, १४ जना घाइते

पाँचथर : पाँचथरको फिदिम नगरपालिका– ४ सारान्थामा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। 

फिदिमबाट मेमेङ गइरहेको मे१ज १८९२ नम्बरको जीप विपरीत दिशाबाट आइरहेको बसलाई बाटो दिने क्रममा सडकदेखि करिब ६० मिटर तल खसेर दुर्घटना भएको हो। 

घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको र उनीहरुलाई उपचारका लागि अन्यत्र पठाइएको र ११ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell