PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

यातायातमन्त्री बलायरको प्रतिवद्धताः अघिल्लो दिन कालोपत्रे र भोलिपल्ट खन्ने काम अन्त्य 



रासस

यातायातमन्त्री बलायरको प्रतिवद्धताः अघिल्लो दिन कालोपत्रे र भोलिपल्ट खन्ने काम अन्त्य 

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय मापदण्डस्तरको गुणस्तर कायम गरिने बताएका छन्। 

राजधानीमा आज आयोजित साक्षात्कारमा मन्त्री बलायरले गुणस्तरीय पूर्वाधार निर्माणमा मन्त्रालयले अब विशेष ध्यान दिने बताए।

 अन्तरमन्त्रालयबीच समन्वय गर्ने संयन्त्र नहुँदा सडकसम्बन्धी समस्याको प्रश्न उठेको बताउँदै मन्त्री बलायरले भने,‘सडकको समस्या एउटै मात्रै नभई अन्तर मन्त्रालयसँग सम्बन्धित छ, अघिल्लो दिन कालोपत्र गर्ने अनि भोलिपल्ट खन्ने काम अब अन्त्य गरिनेछ।’ 

सडकका सामान्य खाल्टाखुल्टी पुर्नसमेत प्रधानमन्त्री बोल्नुपर्ने अवस्था आउनु ठीक नभएको भन्दै उनले काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने कामले द्रुतता नपाउँदा उपत्यकावासीले केही समस्या झेल्नुपरेको उल्लेख गरे।

कतिपय पूर्वाधार निर्माणमा गुणस्तरको प्रश्न उब्जिएका कारण स्वयं व्यवसायी, राजनीतिक दल, कर्मचारीतन्त्र र सरकारको काम कारबाहीमाथि प्रश्न उठेको भन्दै मन्त्री बलायरले आगामी दिनमा त्यस्ता पक्षलाई हेक्का गर्दै गुणस्तरका बारेमा अब कुनै पनि हालतमा सम्झौता नहुने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell