PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सरकार र डा. केसी पक्षबीचको वार्ता निष्कर्षविहीन



पहिलोपोस्ट

सरकार र डा. केसी पक्षबीचको वार्ता निष्कर्षविहीन

काठमाडौंः सरकार र डाक्टर गोविन्द केसीको वार्ता टोलीबीच आज भएको वार्ता बिना निष्र्कष टुगिंएको छ। आज डाक्टर केसीका मागमा सरकारी पक्षसँग प्रारम्भिक छलफल मात्र भएको छ।

अर्को वार्ता कहिले बस्ने टुंगो लागिसकेको छैन। डाक्टर केसीका वार्ता टोलीका सदस्य वाईपी सिंहले पहिलोपोस्टसँग भने, ‘हामीले हाम्रा मागहरु प्रस्तुत गर्यौ। केही छलफल भयो। फेरि छलफल हुने कुरो छ। मिति टुंगो लागिसकेको छैन।’ 

वार्ता टोलीमा डाक्टर केसीकातर्फबाट डा. वाइपी सिंह, डा. रञ्जन सापकोटा र डा. अभिषेक सिंह छन्। सरकारकातर्फबाट स्वास्थ्य सचिव डाक्टर किरण रेग्मी, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र प्रधानमन्त्री कार्यालयका सचिव छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell