PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

एक किलो सुनसहित रौतहटमा दुर्इ जना पक्राउ



रासस

एक किलो सुनसहित रौतहटमा दुर्इ जना पक्राउ

रौतहट : प्रहरीले रौतहटमा एक किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ। 

वीरेन्द्र राजमार्गअन्तर्गत बम नहरबाट आज करिब ४६ लाख ४० हजार मूल्य बराबरको सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा गौर नगरपालिका–५ का २४ वर्षीय दिनानाथ गुप्ता र वडा नं ७ का २१ वर्षीय सरोज राय यादव छन्। 

काठमाडौँबाट गौर आइरहेको भारतीय नम्बरको गाडीमा ठूलो परिमाणको सुन रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा सुन बरामद भएको प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए।

प्रहरीले बरामद गरेको सुन आन्तरिक राजश्व कार्यालय पथलैयामा बुझाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell