
दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेस्थित वटडाँडामा शुक्रबार अपराह्न ग १ त ३३२४ नंम्बरको ट्याक्टर पल्टिँदा सोही ठाउँका १५ वर्षीय डम्बर पुन र १२ वर्षीय भूपाल गुरुङको घटनास्थलमै मृत्यु भएको छ।
ढुङ्गा बोकेर फिरफिरे गइरहेको ट्याक्टरको पछाडिको ट्रली फुस्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।रासस