'मन्त्रिपरिषद् गठन भएर पनि मन्त्रिपरिषदमा रहने ५ वटै समिति गठन भएका थिएनन्,' एक मन्त्रीले पहिलोपोस्टसँग भने, 'त्यसैले मन्त्रिपरिषद विस्तार भएपछि बिहीबार ५ वटै समिति गठन गरिएको हो।'
सरकारले बनाउने विषयगत कानुनका विधेयकलाई अन्तिम रुप दिने र मन्त्रिपरिषद्मा लगेर स्वीकृत गरउने समितिहरु नहुँदा यस क्षेत्रमा सरकारले काम अघि बढाएको थिएन।
बिहीबार गठन भएका समितिहरुमा विधेयक समिति, राजनीतिक समिति, प्रशासन समिति, सामाजिक समिति, आर्थिक तथा पूर्वाधार समिति रहेका छन्।
बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगका कामु सचिव महेश्वर न्यौपानेलाई सचिव पदमा बढुवा गरेको छ भने प्राविधिक तर्फका सहसिचवलाई पनि सचिवमा बढुवा गरिएको छ।
दुबै सचिवलाई बढुवा समितिले एक नम्बरमा सिफारिस गरेको थियो।
मन्त्रिपरिषद् बैठकले नेपाल दक्षिण अफ्रिका परराष्ट्र मन्त्रालयस्तरीय परामर्श समन्वय गर्ने तथा सवारी तथा यातायात व्यवस्था ऐनको अनुसूची दुईमा संशोधन गर्ने निर्णय गरेको छ। अनुसूची २ मा सवारीको नम्बर प्लेटसम्बन्धी व्यवस्था छ।
संशोधन विधेयक संसदमा दर्ता हुने मिति भने तोकिएको छैन।
मन्त्रिरिषद बैठकले मित्रराष्ट्र जाम्वियाका सेनाप्रमुखलाई नेपाल भ्रमणको लागि औपचारिक निमन्त्रणा पठाउने निर्णय गरेको छ।